खाेज्नुहाेस

कैलाली ४ बाट निर्वाचित खेम कोइरालाको चुनावी खर्च १६ लाख ९५ हजार

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका खेम राज कोइरालाले चुवानी खर्च विवरण सार्वजनिक गरेका छन । आइतबार उनले आफ्नो सामाजिक सञ्चाल मार्फत चुनाव खर्च विवरण सार्वजनिक गर्दै कुल १६ लाख ९५ हजार १३१ खर्च भएको बताएका छन ।

navjiwan hospital

यस्तो छ खर्च विवरण

attariya hospital

सवारी साधन भाडा खर्च – २,३०,०००
संचार खर्च, साउण्ड सिस्टम बाजा – १५,०००
मतदाता प्रशिक्षण खर्च – १,७५,०००
वडा स्तरिय प्रचार प्रसार खर्च – १,४५,३३५
नमूना मतपत्र छपाई खर्च – १,३५,७५०
कैलाली ४ को सम्पर्क कार्यालय खर्च – १,९३,७२०
प्रचार प्रसार सामग्री तथा स्टेशनरी खर्च – ३,३९,४६६
खाना तथा नास्ता खर्च – १,५७,८६०
कोष सभा तथा ¥याली खर्च – २,९३,०००
मनोनयन दर्ता १०,०००

कोइराला उक्त निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका थिए ।