खाेज्नुहाेस

नौ महिनापछि उज्यालो बने हिमालीका अँध्यारा बस्ती

Image

बाजुर – विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुनः बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ्या खोलामा आएको बाढीपहिरोले लघुजलविद्युत आयोजनाको नहर भत्काएपछि यहाँका बस्तीहरू अन्धकारमा डुबेका थिए।

navjiwan hospital

हाल हिमाली गाउँपालिकाले छिमेकी खत्याड गाउँपालिकासँग समन्वय गर्दै फागुन १ गतेदेखि असारसम्मका लागि अस्थायी रूपमा विद्युत आपूर्ति गर्ने सम्झौता गरेपछि गाउँबस्तीहरू पुनः उज्याला बन्न थालेका हुन्।

attariya hospital

हिमाली गाउँपालिका–६ धुलाचौरका स्थानीय होटल व्यवसायी रामबहादुर रावतले नौ महिनासम्म बत्ती नहुँदा निकै सास्ती खेप्नुपरेको बताए। उनले भने, “पहिले बत्ती भएकाले अन्य वैकल्पिक व्यवस्था गरेका थिएनौं। सोलारबाट मोबाइल चार्ज गरेर काम चलाउँदै आएका थियौं।”

हिजो बेलुकीदेखि बत्ती सुचारु भएपछि दैनिक जीवन सहज बनेको उनले बताए ।