खाेज्नुहाेस

सत्ती भन्सार कार्यालयद्धारा ८ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन

Image

धनगढी – कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो ।

कार्यालयले चालु आवमा १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म रु नौ करोड ६२ लाख ४१ हजार सङ्कलन गरेको छ ।

attariya hospital
navjiwan hospital

कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी मङ्सिरमा एक करोड ६७ लाख ७४ हजार राजश्व संकलन गरिएको छ ।

भन्सार प्रमुख चक्रबहादुर सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्ने दाबी गरे । उनले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको बताए ।

गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो । त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।