
डोटी – डोटीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आदर्ष गाउँपालिका–६ रौसेल्लामा गएराति भएको दुर्घटनामा जीप चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो ।
गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।




















