खाेज्नुहाेस

बाजुराबाट हेलिकोप्टरमा उद्दार गरिएका सुत्केरी र नवजात शिशुको मृत्यु

Image

बाजुरा – बाजुरामा नवजात शिशु र सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उनको नवजात शिशुको शनिबार मृत्यु भएको हो ।

navjiwan hospital

रोकायाले फागुन ३० गते राति जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । आमा र शिशुको स्वास्थ्यमा समस्या बढेपछि उनलाई थप उपचारका लागि चैत ४ गते हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो ।

attariya hospital

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार सुत्केरी मुटुको रोगबाट पीडित थिइन् । हाल सुरता रोकाया र नवजात शिशुको शव व्यवस्थापनका लागि नगरपालिकाले पहल गरेको छ ।