दार्चुला– दार्चुलामा लागुऔषध सहित एक जना पक्राउ परेका छन । जिल्लाको व्यास गाउँपालिका–४, दुम्लिङ निवासी २२ वर्षीय बिराज कामीलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगरबाट खटिएको प्रहरी टोलीले महाकाली नगरपालिका–१ स्थित लास्कु खोलाबाट उनलाई पक्राउ गरेको बताईएको छ । शंकास्पद अवस्थामा रहेका उनलाई चेकजाँच गर्दा उनको साथबाट करिब ८ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार लागूऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि जिल्लाभर निगरानी बढाइएको छ । पक्राउ परेका कामीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।













