खाेज्नुहाेस

इरान युद्ध अन्त्य गर्न लक्ष्य नजिक पुगेको ट्रम्पको दावी

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिका आफ्नो लक्ष्यको करिब पुगिसकेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ’मा धारणा सार्वजनिक गर्दै उनले अब क्रमशः सैन्य अभियान अन्त्य गर्नेबारे सोचिरहेको उल्लेख गरेका छन्।

ट्रम्पले लेखेका छन्, ‘हामी मिडल इष्टमा इरानको सन्दर्भमा सञ्चालन भइरहेको ठूलो सैन्य अभियान विस्तारै समाप्त गर्नेबारे विचार गरिरहेका छौँ, किनकि हामी आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ।’

attariya hospital
navjiwan hospital

यसैबीच, इरानले अमेरिका र इजरायलको सैन्य हमलापछि स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी गरेको छ। यो कदमले विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पार्दै अन्तर्राष्ट्रिय तनाव चुलिएको छ।

तर ट्रम्पले उक्त जलमार्गको सुरक्षाबारे अमेरिका चिन्तित नभएको संकेत दिएका छन्। उनका अनुसार, ‘त्यसको सुरक्षा ती देशहरूले नै गर्नुपर्छ, जसले त्यसको प्रयोग गर्छन्।’ यद्यपि आवश्यक परे सहयोग गर्न अमेरिका तयार रहेको उनले बताएका छन्।

ट्रम्पले युद्धको हालसम्मको अवस्थाबारे दाबी गर्दै इरानको मिसाइल क्षमता ध्वस्त पारिएको, सैन्य औद्योगिक संरचना कमजोर बनाइएको र उसलाई परमाणु हतियार विकास गर्न नदिने लक्ष्य पूरा भएको उल्लेख गरेका छन्।

त्यसका साथै अमेरिकाले इजरायल, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत आफ्ना साझेदार राष्ट्रहरूलाई उच्चस्तरीय सुरक्षा प्रदान गरिएको पनि उनले दाबी गरेका छन्।