बाजुरा – बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका हेमराज थापाले चुनावी खर्च विवरण बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय बाजुरामा आफ्नो चुनावी खर्च विवरण बुझाउँदै सार्वजनिक समेत गरेका छन् ।

थापाले चुनावमा ६ लाख ६० हजार १६० रुपैयाँ खर्च गरेका छन् । जसअनुसार मनोनयन दर्ता शुल्क १० हजार, मतदाता नामावली प्रिन्टमा २३ हजार ४१०, खाना खर्च ५० हजार, यातायात खर्च ३ लाख ८ हजार ९५०, प्रतिनिधि खर्च एक लाख ५१ हजार, ब्याज र स्र्टाकर १५ हजार, टोपी २१ हजार ६५०, झण्डा छपाई ४१ हजार २ सय, नमूना मतपत्र छपाईमा ३८ हजार ८५० रुपैयाँ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

बाजुरामा नेपाली कांग्रेसका जनक राज गिरी विजयी भएका थिए । हेमराज थापा भने तेस्रो भएका थिए ।

















