खाेज्नुहाेस

बैतडीमा युवक मृत फेला

Image

धनगढी – बैतडीमा एक युवक मृत फेला परेका छन् । पाटन नगरपालिका–३, गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली सुर्नया नदीको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

navjiwan hospital

प्रहरीका अनुसार पाटन–३ सुरुङ नजिकैको बाटोबाट लडेर करिब एक सय मिटर तल नदी बगरमा उनको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

attariya hospital

उनका अनुसार कोली मंगलबार घरबाट सामान किनमेलका लागि पाटन बजार गएका थिए । बेलुकासम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा बुधबार बिहान करिब ८ बजे उनको शव सुर्नया नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।