बेलौरी – कञ्चनपुरको दोधारा चाँदनीमा खुकुरी प्रहार भएकाे छ ।

आज मङ्गलबार राती करिब ८ः५० बजेतिर दोधारा चाँदनी नगरपालिका ४ मा ७५ वर्षीय वृद्धा बिन्दा माझी श्रेष्ठ माथी खुकुरी प्रहार भएकाे हाे । घटना पछि बिन्दाका छोरा फरार रहेका छन् ।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले जानकारी दिए ।
घरायसी झैझगडाका कारण घटना घटेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । विस्तृत विवरण आउन बाकी छ ।















