अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ मा रहेको पञ्चाधिन माविमा महिनावारी स्वच्छता, किशोरीहरूको प्रजनन स्वास्थ्य प्रवर्द्धनका लागि चित्रकला, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । सोमबार बेसिक फर गल्र्स (विफोरजी) परियोजना अन्तरगत वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले विद्यालय सँगको समन्वयमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महिनावारी स्वच्छता हाम्रो प्रतिबद्धता शीर्षकमा वक्तृत्वकला, सो सँग सम्बन्धित रहेर चित्रकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
वक्तृत्वकलामा ८ जना विद्यार्थी सहभागी रहेकोमा अमृता सार्की (कक्षा १०) प्रथम, मनीषा भट्ट (कक्षा १०) द्धितिय, दिनिशा साउँद (कक्षा ९) तृतीय र काजल भुल (कक्षा ९) सान्त्वना भएका थिए ।
चार वडा समूहमा भएको हाजिरी जवाफमा ग्रुप डी का प्रवीण ओड, सविन चौधरी, जगदीश थापा र गणेश परियारको समूह प्रथम, ग्रुप सी का जनक साउँद भावना भूल, आशिष् जैसी र राम बहादुर खड्काको समूह द्धितिय, ग्रुप ए का कुनाल चौधरी, प्रशान्त भुल, अर्जुन सार्की र पुष्पा बोहराको समूह तृतीय र ग्रुप बी का ज्योति थापा, अर्जुन साउँद मिरा दमाईं र विक्रम थापाको समूह सान्त्वना भएको थियो ।
यस्तै चित्रकलामा डम्बरी नागरी (कक्षा ४) प्रथम, लीला सुनार (कक्षा ४) द्धितिय, पुष्पा महरा (कक्षा ४ तृतीय र सन्तोष भुल कक्षा ५ सान्त्वना भएका थिए ।


स्कुल बगैँचा तथा मध्याह्न भोजन पहलका लागि बाल क्लब सशक्तीकरण कार्यक्रम अन्तरगत विद्यालयमा कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नम्बर ९ का वडाध्यक्ष कैलाश बहादुर बलायरले बगैँचामा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

एनएनएसडब्ल्यूएका मिल अधिकृत मिठ्ठु हुड्केले महिनावारी भएको बेला बालबालिकाले कसरी सरसफाइ गर्ने, के के खानेकुरा खाने, महिनावारी सँगै पढाइलाई कसरी निरन्तरता दिने उद्देश्यका साथ बालबालिकालाई नै सशक्त बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
उनले कार्यक्रम अन्तरगत यसअघि विद्यालयमा महिनावारी भएको बेला प्रयोग गर्न मिल्ने रेष्ट रुम र किशोरी मैत्री शौचालय निर्माण गरिएको बताए । उनले विफोरजी कार्यक्रमले एकातिर बालबालिकालाई सशक्त गर्नुका साथै अर्कोतिर शिक्षकहरूलाई तालिम, गोष्ठी, अन्तरक्रिया शिक्षकहरूलाई पनि सशक्त गरेको बताए । उनले कार्यक्रम अन्तरगत विद्यालयमा गुनासो सुन्ने समिति गठन गर्नुका साथै फोकल शिक्षकको पनि व्यवस्था गरिएको बताए । उनले विफोरजी कार्यक्रम कृष्णपुरका ५ वटा विद्यालयमा सञ्चालन गरिएको बताए ।

विद्यालयका प्रधानाध्यापक गणेश दत्त भट्टले वर्ड भिजन र एनएनएसडब्ल्यूएले विद्यालयको शैक्षिक सुधारमा ठुलो भूमिका खेलेको बताए । उनले विद्यालयमा सञ्चालन गरिएको बिफोरजी कार्यक्रमबाट निर्माण गरिएको शौचालय, रेष्ट रुमले पठनपाठनमा निकै सहज भएको बताए । उनले शैक्षिक क्षेत्रमा पनि कार्यक्रमबाट धेरै सुधार भएको बताए । उनले शिक्षकहरूलाई तालिम, शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रमले विद्यालयको शैक्षिक सुधारमा सहयोग पुगेको बताए ।
















