खाेज्नुहाेस

कञ्चनपुरमा बहुला कुकुरले टोक्दा १६ जना घाइते

Image

कञ्चनपुर – कञ्चनपुरमा बहुला कुकुरले टोक्दा १६ जना घाइते भएका छन् । आइतबार भीमदत्त नगरपालिका–४ को महेन्द्रनगर बजार क्षेत्रका बहुला कुकुरले टोकेर १६ जना घाइते भएका हुन ।

navjiwan hospital

कुकुरको टोकाइबाट घाइते भएकाहरुको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

बहुला कुकुरले अधिकांशलाई खुट्टामा टोकेको छ । घटनापछि कुकुरलाई नियन्त्रणमा लिएर उपचारका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा बुझाइएको प्रहरीको भनाइ छ ।