खाेज्नुहाेस

बाजुरामा हावाहुरी र असिना पानीले गहुँबालीमा क्षति

Image

बाजुरा – बाजुरामा हावाहुरीसँगै असिना पानी परेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा असिना पानी परेको हो । आइतबार बिहानबाटै मौसममा बदलिए आएसँगै चिसोसमेत बढेको छ ।

navjiwan hospital

हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको छ । । असिनाले हिउँदे बाली गँहु, जौ, तरकारी, फलफुल खेतीमा ठूलो क्षति भएको बडिमालिका–७ का स्थानीय मोती उपाध्यायले बताए ।

attariya hospital

बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर गर्ने गरेको उनी बताउँछन् । असिना पानीले गहुँबालीमा क्षति गरेपनि भर्खरै लगाएका फलफूलका बिरुवाहरुलाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।