कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका – १० तिल्केनीमा रहेको बाख्रा गोठमा आगलागी भएको छ ।

कृष्ण खत्रीको घर नजिकै रहेको बाख्राको कच्ची गोठमा शनिवार दिउँसो अचानक आगलागी हुँदा गोठ र गोठ नजिकै रहेका मोटरसाइकल थान१, चम्पा टेक्टर थान१ लगायतका सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ५ लाख बराबरको क्षती भएको छ । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।



















