खाेज्नुहाेस

वैज्ञानिक र व्यावहारिक शिक्षामा आजको आवश्यकता : राज्यमन्त्री खड्का

Image
file photo

डडेल्धुरा – सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैज्ञानिक र व्यावहारिक शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताएकी छन् ।

navjiwan hospital

खड्काले बालबालिका सक्रिय बनेर वैज्ञानिक सोचसहित अघि बढे विद्यार्थीहरू भविष्यमा धेरै अगाडि बढ्न सक्ने बताएकी हुन् । माउन्टेन इङ्लिस मिडियम बोर्डिङ स्कुल बागबजार, डडेल्धुराले शनिबार आयोजना गरेको ‘कला–कौशल तथा विज्ञान प्रदर्शनी, फुड फेस्टिवल र सांस्कृतिक कार्यक्रम’मा बोल्दै उनले हाम्रा बालबालिका सक्रिय भएपछि भविष्य राम्रो बन्ने आधार तयार हुने बताइन् । सोच र साधन मिल्यो भने वैज्ञानिक ढङ्गबाट अगाडि बढ्न सक्ने क्षमता यहाँका विद्यार्थीमा रहेको उनको भनाइ थियो ।

attariya hospital

उनले बालबालिकालाई घरायसी तथा दैनिक भान्सासम्म प्रयोग हुने र व्यवहारिक काम लाग्ने कुराहरू सिकाइँदै आएको देख्दा आफूलाई निकै राम्रो लागेको बताइन् । यस्ता गतिविधिलाई आगामी दिनमा अझ प्रवर्द्धन गर्न केही गर्नुपर्ने महसुस भएको पनि उनले उल्लेख गरिन् । प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग रहने उनको भनाइ थियो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विज्ञानसम्बन्धी परियोजना र प्रयोगात्मक सामग्री प्रदर्शन गरेका थिए । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारसहित फुड फेस्टिवल पनि आयोजना गरिएको थियो । फुड फेस्टिवलमा विद्यार्थीले स्थानीय तथा आधुनिक परिकार तयार पारेका थिए ।