खाेज्नुहाेस

धनगढीमा ‘किङ्ग हिल्स गार्मेन्ट’ सञ्चालन, २५ जनालाई रोजगारी

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा ‘किङ्ग हिल्स गार्मेन्ट’ सञ्चालन गरिएको छ । गार्मेन्ट उद्योगको शनिबार एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र पूर्व अध्यक्ष पुष्पराज कुँवरले संयुक्त रूपमा उद्घाटन गरेका छन ।

navjiwan hospital

गार्मेन्ट उद्योगका सञ्चालक तथा पत्रकार हर्क सिंह प्रपाला (हरिष) ले करिब ४० लाख रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याएको बताए । उनले देशको चुनौतीपूर्ण अवस्थाबिच पनि केही उत्पादनमूलक काम गर्नुपर्ने सोचका साथ गार्मेन्ट उद्योग स्थापना गरिएको बताए ।

attariya hospital

उद्योगमा विद्यालयका लागि आवश्यक स्कुल ड्रेस, राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) लगायत विभिन्न प्रकारका कपडाहरू उत्पादन गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

उद्योगमा हाल ३५ वटा मेसिन राखिएको र २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको सञ्चालक हरिषले बताए । उनले उद्योगको उत्पादन विभाग प्रमुखमा विगत लामो समय देखि यो क्षेत्रमा अनुभव प्राप्त केशव सिंह बिक रहेको बताए ।