खाेज्नुहाेस

निर्वाचन सकेर फर्किरहेका निर्वाचन प्रहरीको मृत्यु

Image

दार्चुला– दार्चुलामा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका– २ का ४० वर्षिय प्रकाश धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

attariya hospital

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।