बैतडी– बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिका– ८ माइतीघर भएकी अन्दाजी ३८ वर्षिया दिपा महर मृत महाकाली नदी किनारमा मृत फेला परेकी हुन ।

बिहीबार विहान ८ बजे महरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक महरको श्रीमान् रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेको र निज महर पनि श्रीमानसंगै बस्दै आएकीमा यसै महिनाको २२ गते माईती घर आएकी थिइन् ।

बुधबार माइती घरदेखि भारतमा रहेको श्रीमान् काहाँ जान्छु भनी हिँडेकी महर बिहीबार बिहान ८ बजे महाकाली नदी किनारमा मृत फेला परेकी प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बैतडीमा राखिएको र निजको श्रीमान् आएपछिमात्र पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
















