अत्तरिया – कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचन लडेका नरनारायण शाहले चुनावमा २८ लाख ६० हजार खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसबाट चुनाव लडेका उनले १० शीर्षकमा उक्त रकम खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।


जसअन्तर्गत प्रचार प्रसार सामग्रीमा ५ लाख ८९ हजार, मिडिया प्रचार खर्च ४ लाख, सवारी साधन खर्च २ लाख ५२ हजार, इन्धन खर्च १ लाख ५० हजार, मूल सचिवालय व्यवस्थापन ७५ हजार, २१ वडाका सम्पर्क सचिवालय व्यवस्थापन १० लाख ५० हजार, युवा परिचालन खाजा खर्च १ लाख ७५ हजार, घरदैलो नास्ता ९५ हजार, गोष्ठी तथा अन्तरक्रिया ६४ हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको उल्लेख छ ।
शाह चुनावमा भने पराजित भएका थिए । यस क्षेत्रबाट रास्वपाका आनन्द चन्द ३१ हजार ९५३ मत सहित विजयी हुँदा शाह ११ हजार ९५८ मत सहित दोस्रो भएका थिए ।



















