धनगढी – सुदूरपश्चिममा २०६ उम्मेदवारमध्ये १ सय ४४ उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा २०६ जनाले सदर मतको १० प्रतिशत पनि कटाउन सकेनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ । यस्तै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा थिए, जसमध्ये ४२ जनाको जमानत जफत भएको हो ।

डडेलधुराका १३ मध्ये ९ उम्मेदरवारले जमानत जोगाउन सकेनन् । बैतडीमा पनि ११ जनामध्ये ६ जनाको यस्तै अवस्था रह्यो । दार्चुलामा ११ उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भयो । डोटीमा पनि ९ उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ । यसैगरी बझाङमा ७ मध्ये ३ उम्मेदवारको जमानत जफत भयो ।

अछाम–१ मा ८ जना उम्मेदवार रहेका थिए, जसमध्ये ५ जनाको जमानत जफत भयो । बाजुरामा पनि ८ उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।


















