अत्तरिया – प्रतिनिधि सभा निर्वाचन अन्तरगत प्रत्यक्ष निर्वाचनमा पहिलो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा पनि अगाडि छ ।

समानुपातिकको मत गणना चलिरहँदा हालसम्म रास्वपाले ३ लाख १७ हजार ८३६ मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले १ लाख ८३ हजार ८४२ मत पाएको छ । यस्तै तेस्रोमा नेकपा एमाले रहेको छ । एमालले १ लाख ४७ हजार ९०९ मत पाएको छ ।

चौथोमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८७ हजार ८८५ मत पाएको छ ।
यस्तै राप्रपाले ३६ हजार २६३ र नाउपा नेपालले २३ हजार ९९२ मत पाएको छ ।
सुदूरपश्चिममा श्रम संस्कृति पार्टीले ५ हजार ३०५ मत पाएको छ ।


















