खाेज्नुहाेस

अमेरिका र इसराइलले इरानमा गरेको आक्रमणमा १३३ नागरिकको मृत्यु

Image

एजेन्सी – युक्त राज्य अमेरिका र इसराइलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ।

आक्रमणमा ८ जना सैन्य अधिकारी पनि मारिएको उक्त समाचार संस्थालाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने पनि बताइएको छ।

attariya hospital

यसअघि इरानको सरकारी टेलिभिजन प्रेस टिभीले २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको रिपोर्ट सार्वजनिक गरेको थियो। अमेरिका र इसराइलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेको थियो। हमलामा इरानका उच्च अधिकारी र सैन्य संरचनालाई मात्रै लक्ष्य गरिएको भन्ने अमेरिका र इसराइलको दाबी छ।

navjiwan hospital

सर्वोच्च नेता मारिएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएको दाबी गरेका छन्।

अमेरिका र इसराइलले शनिबार इरानमा गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता मारिएको ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट गर्दै दाबी गरेका हुन्।

खामेनीको मृत्युको दाबीमा उनले इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक मारिएको भनेका छन्। उनले खामेनीको मृत्यु इरानी जनता, अमेरिका र विश्वभरका लागि न्याय भएको पनि बताएका छन्।