खाेज्नुहाेस

धनगढीमा भाषिक गोष्ठी आयोजना

Image

धनगढी– कैलालीको धनगढीमा भाषिक गोष्ठी आयोजना गरिएको छ । अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसर पारी धनगढीस्थित कैलाली जनपुस्तकालय र सुदूर चिनारी डोटेली द्धैमासिक पत्रिकाले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेका हुन ।

navjiwan hospital

सुदूरपश्चिमका पहाडी भाषिक समुदाय केन्द्रित सो गोष्ठीमा सम्बन्धित समुदायका भाषिक, प्राज्ञिक तथा साहित्यिक व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेशका पहाडी भाषिक समुदायले जिल्लागत रुपमा भाषाको नामाकरण गरी सोही अनुसार क्रियाकलाप गर्न थालेको विषयमा केन्द्रित रही बृहत छलफल गरिएको थियो ।

attariya hospital

उक्त छलफलले भाषा क्षेत्रगत हुन सक्ने तर जिल्लागत हुनै नसक्ने र विश्व भरी नै त्यस्तो नदेखिएकोले राष्ट्रिय भाषा आयोग र तथ्याङ्क विभाग लगायतका सम्बन्धित सरोकारवालाले गम्भीर हुन आवश्यक रहेको औल्याएको थियो । त्यसबाहेक उक्त समुदायले बोल्ने बोलीको लवज र केही शब्दमा भिन्नता रहेता पनी बोधगम्यता रहेकोले सबैले अपनत्व ग्रहण गर्न सक्ने एउटै भाषा नामाकरण गरी त्यससँग सम्बन्धित भाषिकाको पहिचान गर्न आवश्यक रहेको समेत गोष्ठीको ठम्याई छ ।

गोष्ठीले त्यसका लागि संघीय तथा प्रदेश सरकारले गम्भीरता पूर्वक यथाशिघ्र ठोस कार्य अगाडि बढाउन आवश्यक रहेकोले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको थियो । कैलाली जनपुस्तकालयका उपाध्यक्ष टंकप्रसाद जोशीको अध्यक्षतामा आयोजित उक्त गोष्ठीमा सुदूरचिनारी पत्रिकाका प्रकाशक एन.के. जोशीले स्वागत मन्तव्यका साथ कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए भने जन पुस्तकालयका सचिव सुभाष संकल्प भण्डारीले सहजीकरण गरेका थिए ।