खाेज्नुहाेस

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

Image

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा शुक्रबार राति स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप दुर्घटना हुँदा चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

navjiwan hospital

दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक धामीको उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

attariya hospital

जिपमा चालक मात्रै रहेको बुझिएको छ । दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।