बैतडी – बैतडीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहका अनुसार शुक्रबार दिउँसो खाना खान घर गएको समयमा वड घरमै अचेत अवस्थामा फेला परेका थिए ।

अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ । आज पोस्टमार्टम गरिने प्रहरीको भनाइ छ । सदरमुकाम नजिकै घर भएका वड निर्वाचन ड्युटी सकेर खाना खान घर गएका थिए ।
केही दिनअघि निर्वाचन प्रहरीकै तालिमका क्रममा दशरथचन्द नगरपालिका–४ कै अर्का एक जना निर्वाचन प्रहरीको घर जानेक्रममा भीरबाट लडेर मृत्यु भएको थियो ।


















