अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको गोदावरी पब्लिक स्कूलको वार्षिकोत्सब सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बिध्यालयको तेस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

बिध्यालयका संचालक मनिराम नौन्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा नगरप्रमुख भट्टले बिध्यालयले छोटो समयमा गरेको प्रगतीको तारिफ गरे । उनले संस्थागत बिध्यालयहरुले नगरको शिक्षाको जग सम्हालिरहेको बताए । उनले नगरभित्र गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै निजी र सामुदायिक विद्यालयसँग सहकार्यलाई अझ सुदृढ बनाइने समेत बताए ।

वार्षिकोत्सब कार्यक्रममा बिध्यार्थीहरुका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखिएका थिए । कार्यक्रममा विद्यार्थीहरूले आफैं निर्माण गरेको रोबोटको माध्यमबाट रास्ट्रीय झन्डा फहराइएको थियो । त्यसबाहेक कार्यक्रममा बिध्यालयले विभिन्न क्षेत्रमा उत्कृस्ट भएका बिध्यार्थिहरुलाइ पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालय बिध्यार्थिद्वय आयुषा विष्ट र आशिष भट्टले गरेका थिए ।


















