खाेज्नुहाेस

गोदावरी– १० का विद्यालयले मनाए प्रजातन्त्र दिवस

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १० मा रहेका सामुदायिक विद्यालयहरुले प्रजातन्त्र दिवस मनाएका छन । वडामा रहेका ४ वटा सामुदायिक विद्यालयहरुले विविध कार्यक्रमहरु आयोजना गरि ७६औ प्रजातन्त्र दिवस मनाएका हुन ।

बिहिबार वडा कार्यालयको आर्थिक सहयोग तथा वडामा रहेका सबै विद्यालयहरुको सहकार्यमा घण्टेश्वर मन्दिर आधारभुत विद्यालयले एक कार्यक्रमको आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश मालीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए ।

attariya hospital

कार्यक्रममा वडाका आधारभुत तहका विद्यार्थीहरुबिच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । जसमा सबै विद्यालयहरु सहभागि थिए । प्रतियोगितामा घण्टेश्वर आधाभुत विद्यालय प्रथम भएको थियो भने आयोजक घण्टेश्वर मन्दिर आधारभुत विद्यालयले द्धितिय स्थान हासिल गरेको थियो । प्रतियोगितामा सहभागि जानकी मावि र गणेश आधारभुत विद्यालय तृतिय भएका थिए । विजेता सबैलाई उचित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । दिवसकै अवसरमा सबै विद्यालयका आधारभुत तहका विद्यार्थीहरु र शिक्षकहरुले वडामा रहेको खमौरा स्वास्थ्य क्लिनिकको सरसफाई समेत गरेका थिए ।

navjiwan hospital

कार्यक्रममा बोल्दै वडाध्यक्ष शाही ले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई बाहिरी ज्ञानको पनि आवश्यक रहने बताए । उनले विद्यार्थीहरुलाई बाहिरी ज्ञान दिनका लागि विभिन्न कार्यक्रमहरु वडाका विद्यालयहरुले आयोजना गरिरहेको उनले बताए । उनले वडाका विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम राख्नका लागि आफू पनि हरसम्भव सहयोग गर्ने बताए ।

उनले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउदै शिक्षकहरुले पनि आफ्नो पेशाप्रति जवाफदेही भएर लाग्नुपर्ने बताए । त्यतिमात्रै नभई वडाध्यक्ष शाहीले विद्यालयलाई राजनितिबाट टाढा राखिनुपर्ने बताएका थिए । कार्यक्रममा आयोजक विद्यालयकी प्रिन्सिपल अमृता मल्लले स्वागत मन्तव्य राखेकी थिईन ।

जानकी माविमा वक्तृत्वकला

यसैबिच प्रजातन्त्र दिवसकै अवसर पारी वडामा रहेको जानकी माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । विद्यालयले कक्षा ६ देखी माथीका विद्यार्थीहरुलाई सहभागि गराएर प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्र समिर सुनार प्रथम भए । कक्षा १० मा अध्ययनरत छात्रा अञ्जली वि.क द्धितिय हुँदा प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा बसन्ती सोपले तृतिय स्थान हासिल गरिन । उनिहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक राम बहादुर पार्कीले जानकारी दिए । उनले प्रतियोगिता सँगै विद्यार्थीहरुले सार्वजनिक चोकहरुमा सरसफाई गरेको समेत बताए ।