खाेज्नुहाेस

रिटायर्ड शिक्षकहरुको पनि मञ्च गठन गर्न आवश्यक छ : नगरप्रमुख भट्ट

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विद्यालयबाट रिटायर्ड भएका शिक्षकहरुको मञ्च गठन गर्न आवश्यक रहेको बताएका छन । बिहिबार अत्तरियामा रहेको दुर्गालक्ष्मी क्याम्पसमा गठित पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको म्याराथुन प्रतियोगितामा बोल्दै उनले सो कुरा बताएका हुन ।

navjiwan hospital

कार्यक्रममा बोल्दै उनले नगरको शिक्षाक्षेत्रको गुणस्तर बढाउनका लागि पूर्व शिक्षकहरुको सहयोग पनि आवश्यक रहने बताउदै विद्यालयबाट रिटायर्ड भएका शिक्षकहरुलाई समावेश गरेर मञ्च गठन गर्न आवश्यक रहेको औल्याए । उनले दुर्गालक्ष्मीका गठित पूर्व विद्यार्थी मञ्चले राम्रो सन्देश दिएको पनि बताए । उनले पालिकाका सबै विद्यालयहरुमा सो मञ्च गठन गर्न आवश्यक रहेको समेत बताए ।

attariya hospital

‘दुर्गालक्ष्मीमा पूर्व विद्यार्थी मञ्च गठन हुदाँ यसले राम्रो सन्देश दिएको छ’ उनले भने ‘पालिका भित्र रहेका सबै विद्यालयहरुमा पूर्व विद्यार्थी मञ्च गठन गर्न आवश्यक रहेको देखिएको छ ।’ उनले शिक्षा क्षेत्रमा राम्रो गर्नका लागि पूर्व विद्यार्थी र रिटायर्ड शिक्षकहरुको मञ्च गठन गर्न जरुरी देखिएको बताए । उनले त्यसका लागि पालिका लागिरहेको समेत बताए ।