खाेज्नुहाेस

धनगढी पुगेकाे श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डौं फिर्ता

Image
file photo

काठमाण्डौं – काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाण्डौं  नै फिर्ता भएको छ ।

सोमबार राति अवतरण हुन नसकेपछि १२ बजे जहाज काठमाण्डौं नै फिर्ता भएको हो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।

attariya hospital
navjiwan hospital

उक्त जहाज काठमाण्डौंबाट धनगढीका लागि ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि फर्काइएको हो ।

काठमाण्डौं फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि समेत जनाएका थिए ।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।