खाेज्नुहाेस

अत्तरियामा बजाजले चलाईरहेछ साटासाट मेला

Image

अत्तरिया– कैलालीको अत्तरियामा बजाज कम्पनिले मोटरसाईकल साटासाट मेला चलाईरहेको छ । यही माघ २९ गतेदेखी कम्पनिले अत्तरियामा मेला चलाईरहेको हो ।

navjiwan hospital

धनगढीरोडस्थित वडा नं. १ को कार्यालय नजिकै मेला सञ्चालन भईरहेको बजाज मोटरसाईकलको आधिकारीक बिक्रेता रुद्र अटोमोटिभ्सले जनाएको छ । कम्पनिले ग्राहकहरुका लागि विशेष सुविधासहित मेला सञ्चालनमा ल्याएको बताएको छ । फागुन ५ गतेसम्म चल्ने मेलामा नागरिकताको भरमा फाईनान्सको सुविधा रहेको बताईएको छ ।

attariya hospital

मेलामा ग्राहकले जुनसुकै कम्पनिको पनि पुरानो मोटरसाईकल ल्याएर नयाँ लैजान सक्ने कम्पनिले जनाएको छ । जसमा मोटरसाईकलको बजार को भन्दा बढी भ्यालुयसन गरिने, मोटरसाईकलका एसोसिरिजहरु निःशूल्क उपलब्ध गराईने र नगद छुटको पनि व्यवस्था रहेको कम्पनिले उल्लेख गरेको छ । नयाँ मोटरसाईकल फाईनान्समा लैजानका लागि भने ५० प्रतिशत अग्रिम भुक्तानी हुनुपर्ने कम्पनिले जनाएको छ । कम्पनिले केही दिनसम्मका लागि मात्रै मेला सञ्चालन हुने भएकाले मौकाको फाईदा लिन आग्रह गरेको छ ।