खाेज्नुहाेस

कैलालीमा सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ रियालिटी शो हुने

Image

अत्तरिया- कैलालिमा सुदुर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार रियालिटी शो आयोजना हुने भएको छ । शनिस्चर म्युजिक कम्पनी प्रा.ली. ले यहि बैशाख ५ गते देखि सुदुर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ रियालिटी शो आयोजन गर्न लागेको हो ।

navjiwan hospital

आयोजकले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै शो को बारेमा जानकारी दिएको छ । सुदुर र कर्णालिका कला, भाषा, संस्कृती हरुको जगेर्ना र उजागर गर्ने उदेश्य ले शो को आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुदिप जोशीले बताए । उनले प्रदेशमा लुकेर रहेका गायन तथा नृत्य प्रतिभाहरुलाई ब्यावसायिक अवसर उपलब्ध गराउन पनि रियालिटी शो ले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिस्वास लिएको बताए । उनले २०८३ असोज १ गते शो को ग्राण्ड फिनाले हुने बताए । उनका अनुसार रियालिटी शो मा गायनतर्फ १२ र नृत्यतर्फ पनि १२ गरि जम्मा २४ एपिसोडहरु हुनेछन ।

attariya hospital

शो का लागि फागुन १ गते देखि अडिशनको फाराम खुल्ला गरिएको छ । १०८३ वैशाख ५ देखि सुदुरपस्चिमका १० र कर्णालिका ७ स्थानमा अडिसन हुने आयोजकले जनाएको छ । जसमा कैलालिका धनगढी र लम्की गरु दुई स्थानमा, कंचनपुरको महेन्द्रनगर, बैतडिको खलंगा, डडेल्धुराको बागबजार, डोटीको दिपायल, अछमको साँफे, बाजुराको मार्तडी, दार्चुलाको खलंगा र बझाङ को चैनपुर रहेका छन । कर्णालिमा आयोजकले सुर्खेत बजार, सल्यानको खलंगा, कालिकोटको मान्मा, जुम्लाको खलंगा, जाजरकोटको खलंगा, हुम्लाको सिमिकोट र दैलेख बजारमा अडिसन गर्ने जनाएको छ ।

शो को प्रथम पुरस्कार नगद रु. २ लाख सहित ४ लाख बराबरको म्युजिक भिडियो/अडियो कन्ट्र्याक्ट तथा थाइल्याण्ड, सिंंगापुर र मलेसिया टुर रहने छ । दोस्रो पुरस्कार नगद रु. १ लाख ५० हजार सहित २ लाख बराबरको भिडियो/अडियो कन्ट्र्याक्ट, तेस्रो पुरस्कार नगद रु. ५० हजार सहित १ लाख बराबरको अडियो/ म्युजिक भिडियो कन्ट्र्याक्ट, चौथो पुरस्कार नगद रु. ३५ हजार सहित नगद ५० हजार बराबरको कन्ट्र्याक्ट र पाँचौ पुरस्कार नगद रु. ५ हजार सहित २५ हजार बराबरको कन्ट्र्याक्ट रहेको छ ।