खाेज्नुहाेस

सीप तथा रोजगार मेलामा जोरायलको अर्ग्यानिक स्वाद 

Image
अत्तरिया – कैलालीको धनगढीमा माघ ५ गते देखि सुरु भएको सीप तथा रोजगार मेला सीप र रोजगारमा मात्रै सीमित छैन । जहाँ सुदूरपश्चिमको अर्ग्यानिक उत्पादनमा अब्बल जोरायलको स्वाद पनि चाख्न पाइन्छ । जोरायल गाउँपालिकाको सहयोगमा जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले सीप तथा रोजगार मेलामा राखेको स्टलमा जोरायलमा उत्पादन भएका अर्ग्यानिक उत्पादन राखिएका छन् ।
attariya hospital
जोरायल गाउँपालिकाको कृषि शाखाका प्राविधिक चन्द्र बहादुर सार्कीले मेला उद्घाटन भएको दिनदेखि स्टलमा जोरायलका उत्पादन राखेर बिक्री गरिरहेको बताए । उनले स्टलमा नेपालमै प्रचलित जोरायलको बासमती चामल, मार्सी चामल, जोरायलको बदाम, लोकल सिमी, कोदो, मकै, जौको पिठो, कागती, अदुवा लगायतका कृषि उपज राखिएको बताए । उनले स्टलमा समान किन्न आउनेले बजार भन्दा सस्तो भएको भन्दै राम्रो विक्री भइरहेको बताए ।
navjiwan hospital
स्टलमा दैनिक १० देखि १५ हजारका कृषि उपज विक्री भइरहेको बताए । ‘बढी जसो जोरायल बासमती, कोदोको पिठो, मकैको पिठो, बदाम, अदुवा राम्रो विक्री भइरहेको छ’ उनले भने ‘जोरायलमा उत्पादन हुने सामानमा ग्राहकको आकर्षण छ ।’ उनले जोरायलको वडा नम्बर ३ र ४ मा बासमती चामल, वडा नम्बर १ र २ मा तरकारी, वडा नम्बर ५ र ६ मा मह र अन्य क्षेत्रमा तरकारी, मसला बाली फलफूल उत्पादन हुने बताए ।