धनगढी– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल धनगढी आउने भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार समेत रहेका मल्ल क्रिकेटप्रेमी युवाहरूसँग भेटघाट तथा विश्वकप क्रिकेटको खेल सामूहिक रूपमा अवलोकन गर्ने कार्यक्रमका लागि धनगढी आउन लागेका हुन ।

आशाको झोलाहरु संस्थाले धनगढीको सन्तोषीटोल स्थित एसटिएस सिनेमा हलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको छ । नेपाल र वेस्ट इन्डिज बीच १५ फेब्रुअरी २०२६ मा हुने आईसीसी विश्वकप क्रिकेटको महत्वपूर्ण खेललाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा क्रिकेटप्रेमी युवा, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

खेलप्रेम र राष्ट्रप्रेमलाई एकसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा युवा सहभागिता, खेलकुद विकास तथा सकारात्मक नेतृत्वका विषयमा अन्तरक्रिया गरिने जनाइएको छ ।


















