खाेज्नुहाेस

सुदूरपश्चिमको बजेट खर्च निराशाजनक

Image

धनगढी– सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको खर्च निराशाजनक देखिएको छ । प्रदेशको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको बजेट खर्च निराशाजनक देखिएको हो ।

प्रदेशले पुस मसान्तसम्म १० दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेट ल्याएको सुदरपश्चिमले पुस मसान्तसम्म ३ अर्ब ६६ करोड २१ लाख रुपैयाँ बराबर मात्रै खर्च गर्न सकेको देखिएको हो ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिमको चालुगत खर्च प्रगति १९ दशमलव ४७ र पुँजीगत खर्च प्रगति ५ दशमलव ०८ प्रतिशत छ । अर्थमन्त्रालयले मंगलबार सबै प्रदेशको आ.व. २०८२/०८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा सुदूरपश्चिम मात्रै नभई अन्य प्रदेशको बजेट खर्चको अवस्था पनि निराशाजनक नै देखिएको छ ।

मन्त्रालयको प्रतिवेदन अनुसार चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट २ खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रुपैयाँ रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।

प्रतिवेदनअनुसार प्रदेशहरूको चालुतर्फ २१ दशमलव ४३ प्रतिशत र पुँजीगततर्फ ९ दशमलव ३३ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशमा वित्तीय व्यवस्थातर्फ विनियोजन भएको ९७ करोड ५० लाख रुपैयाँमध्ये पुससम्ममा शून्य खर्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।