खाेज्नुहाेस

दार्चुलामा एक वृद्धा मृत फेला

Image
navjiwan hospital

दार्चुला– दार्चुलामा एक वृद्धा मृत फेला परेकी छन । सोमबार बिहान जिल्लाको शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आफ्नै घर आगँनमा मृत फेला परेकी हुन ।

घरमा एक्लै बस्दै आएकी उनको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले जानकारी दिए ।

attariya hospital