खाेज्नुहाेस

बाजुरामा ८ जनाको उम्मेदवारी दर्ता

Image

बाजुरा– बाजुरामा ८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन । जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र सहित ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

navjiwan hospital

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजे सम्मको समयभित्र स्वतन्त्रसहित ८ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जिल्लामा उपेन्द्र शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन भने नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, र नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाशबहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन ।

attariya hospital

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट भूपेन्द्र सी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डीसीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।