
बाजुरा– बाजुरामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेखका ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो ।
सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर घाईते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















