बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित १४ जना जाग्रिति÷एम.के÷नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्का द्यःरल्ऋद्यरध्रण्ज्ञरण्ठठरठड मा मिलोमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिलेर देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रुपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको विषयमा अख्तियारले अनुसन्धान गरेको थियो ।
३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हिनामिना गरेको देखिएको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उक्त रकम बराबरको बिगो मागदाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले बुढीगंगा नगरपालिकाका तत्कालीन मेयर दीपक विक्रम ‘शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, प्रशासन सहायक बसन्त बहादुर थापा, ना.प्रा.स. सिद्धराज जैसी, जाग्रिति ÷ एम. के ÷ नेपाल जे.भी. धनगढी, कैलाली, उक्त जे.भी. का आधिकारिक प्रतिनिधि तथा जाग्रिति निर्माण सेवाको प्रबन्ध सञ्चालक पुष्कर रोकाया र जाग्रिति ÷ एम. के ÷ नेपाल जे.भी.को आधिकारिक प्रतिनिधि सुरत बहादुर शाहविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
‘आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुले आफूहरुलाई लाभ र बुढीगंगा नगरपालिका÷सार्वजनिक संस्थालाई हानी नोक्सानी पु-याउने बदनियतले कार्य गरी गराई बिगो ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ हानि नोक्सानी पुरÞ्याएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम समेतका कसूरमा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
















