खाेज्नुहाेस

भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मादुरो नियन्त्रणमा

Image

काठमाडौं – अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आक्रमण गरेको छ। दुई देशबीचको सम्बन्ध लामो समयदेखि राम्रो थिएन। पछिल्ला केही महिनायता दुई देशबीचको तनाव बढ्दै गएको थियो, कूटनीतिक सम्बन्ध तोड्नेदेखि लिएर एकले अर्कालाई निषेध गर्ने तहसम्मको अवस्था बनेको थियो। यसबीच शनिबार बिहानदेखि अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको हो।

navjiwan hospital

भेनेजुएलाको राजधानी कराकाससहित मिरान्डा, अरागुआ र लाग्वाएरा सहरमा अमेरिकाले आक्रमण गरेको हो। अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। उनलाई कब्जामा लिनका लागि अमेरिकी सेनाको विशेष बलले अपरेसन गरेको अमेरिकी संचारमाध्यमहरूले जनाएका छन्।

attariya hospital

अमेरिकामा लागुऔषध कारोबार, विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहसँग मादुरोको सम्बन्ध रहेको र अमेरिकालाई नोक्सानी पुगेका आतंकवादी घटनाहरूमा पनि उनको संलग्नता रहेको दाबी अमेरिकाको रहेको छ। उनलाई कब्जामा लिइएपछि भेनेजुएलामा थप क्षति हुन नदिइने दाबी पनि अमेरिकाको रहेको छ। कब्जामा लिइएका मादुरोलाई अपराधिक घटनामा संलग्न रहेकोमा मुद्दा लगाएर कारबाही अघि बढाइने बताइएको छ।

अमेरिकाले ठीक ३५ वर्षअघि पानामाका सैन्य नेता म्यानुएल आन्टोनियो नोरिएगालाई यसरी नै पक्राउ गरेको थियो।