खाेज्नुहाेस

दार्चुलामा आगलागी हुँदा घर जलेर नष्ट

Image

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–५ मैखोली इरखोलीको एक घरमा आगलागी भएको छ । बिहीबार बिहान स्थानीय अम्बादत्त जोशी (गणेश)को दुई तले घरमा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

navjiwan hospital

आगलागीबाट गोठमा रहेको दुहुँनो भैंसी समेत जलेर मरेको लेकम–५ वडासदस्य शंकरदत्त जोशीले बताए । उनले गोठभित्र रहेको गाई पनि जलेर घाइते भएको छ । घरभित्रको काठ, अन्नपात सबै जलेको छ ।

attariya hospital

वडासदस्य जोशीका अनुसार भैंसीलाई खोले पकाउन बालेको आगो बाहिर सल्किएर घरमा आगलागी भएको हो । प्रहरी चौकी रातमाटाबाट गएको टोलीले आगलागीबाट १ लाख ५० हजार बढीको क्षति भएको अनुमान गरेको छ ।