अत्तरिया – दार्चुलाबाट हाडनाता करणी मुद्दामा फरार रहेका २ प्रतिवादी पक्राउ परेका छन । आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नौगाड गाउँपालिका – ३ का २६ वर्षीय देबेन्द्र ठगुन्ना र ३० वर्षीय मौना ठगुन्नालाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत दार्चुलाले २०७३ जेठ ३० गते कैद सजाय ठहर गरेका थियो ।

फरार रहेका देबेन्द्रलाई हाडनाता करणी मुद्दामा ३ महिना कैद र मौनालाई पनि हाडनाता करणी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

















