अत्तरिया– कैलालीको अत्तरियामा कविता प्रतियोगिता आयोजना हुने भएको छ । एभरेष्ट एकेडेमीसँगको सहकार्यमा अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले मावि स्तरिय कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने सो प्रतियोगिता यही पौष २७ गते आयोजना हुने प्रतियोगिता संयोजक निर्मल कुमार भण्डारीले जानकारी दिए । उनले पृथ्वीनारायण शाहको ३०४औ जन्म जयन्ती तथा रास्ट्रीय एकता दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा रास्ट्रीय एकता दिवसकै सेरोफेरो भित्र रहेर कविता वाचन गर्नुपर्ने उनले बताए ।

प्रतियोगितामा गोदावरी नगरपालिका भित्रका विद्यालयहरुले मात्रै सहभागिता जनाउन पाउने बताउदै उनले एउटा विद्यालयबाट २ जना विद्यार्थी मात्रै सहभागिका रुपमा राखिने बताए । प्रतियोगिताको प्रथम पुरस्कार २ हजार १ सय सहित प्रमाणपत्र रहेको छ भने द्धितिय पुरस्कार नगद रु. १ हजार ५०० सहित प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा तृतिय पुरस्कारका रुपमा नगद रु. १ हजार १ सय सहित प्रमाणपत्र र सान्त्वना पुरस्कारका रुपमा नगद रु. ७ सय सहित प्रमाणपत्र राखिएको भण्डारीले बताए ।
राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा प्रतियोगिता सञ्चालन गरिने उनको भनाई छ । उनले कार्यक्रममा सहभागिहरुले पनि दिवसकै सेरोफेरोमा रहेर कविता बाचन गर्न सक्ने बताए ।












