खाेज्नुहाेस

बाजुराबाट चुनाव लड्न नेकपाद्वारा प्रकाश शाहको नाम सिफारिस

Image

बाजुरा – प्रतिनिधिसभा निर्वाचन लड्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाजुराबाट प्रकाशबहादुर शाहको एकल नाम सिफारिस गरेको छ । नेकपा एमाले परित्याग गरेका शाहको नाम प्रतिनिधिसभा निर्वाचन लड्न सर्वसम्मत सिफारिस गरिएको हो ।

navjiwan hospital

अघिल्लो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भएका शाह एमाले सुदूरपश्चिमका संसदीय दलको नेता थिए । उनले चार वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व गरेका थिए ।

attariya hospital

यस्तै बाजुरा नेकपाले समानुपातिकतर्फ हिक्मतजंग शाही, सन्जय कटेल र बिनिता बिकको नाम सिफारिस गरेको छ । शाही पिछडिएको क्षेत्र, बिकलाई दलित महिला तथा कटेललाई अपाङ्गता क्लस्टरमा सिफारिस गरिएको हो । अजबहादुर मल्लको नाम राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस गरिएको छ ।