खाेज्नुहाेस

लोप हुदै काठका भाँडा, पुस्तैनी पेशा संकटमा

Image

बाजुरा– पछिल्लो समय काठका भाडाँ लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा दैनिक जीवनमा अत्यधिक प्रयोग हुने काठका भाँडा हाल लोप हुने अवस्थामा पुगेका हुन् ।

navjiwan hospital

विगतमा दैनिक प्रयोगमा अत्याधिक उपयोग हुने काठका भाँडा अहिले गाउँघरमै पाउन मुस्किल छ । आधुनिक प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढेसँगै काठका भाँडाको व्यापार नहुँदा काठमा भाँडा बनाउने परम्परागत पेशा नै सङ्कटमा परेको छ । चदारा समुदायले पुस्तौँदेखि गर्दै आएको काठका भाँडा बनाउने ‘भाँडी’ पेशा अहिले अस्तित्व जोगाउन सङ्घर्षरत अवस्थामा पुगेको छ ।

attariya hospital

मेहनत अनुसारको मूल्य नपाइनु, बजारको अभाव र सरकारी संरक्षण नहुँदा यो पेशाबाट गुजारा चलाउनै नसकिने अवस्था आएको काठका भाँडा बनाउने व्यवसायीहरूको दुखेसो छ । बडिमालिका नगरपालिका–५ का काठका भाँडा बनाउने व्यवसायी कृष्ण चदाराका अनुसार यो पेशाबाट परिवार पाल्नै मुस्किल भइसकेको छ । ‘पहिले गाउँमा काठका भाँडाको निकै माग हुन्थ्यो, अहिले त बनाएका भाँडा बेच्नै सकिँदैन’ उनले भने ।

पहिले काठबाट ठेकी, कचौरा, तुरी लगायतका सामग्री निर्माण गरिन्थ्यो । गाउँघरमा यी भाँडाको प्रयोग व्यापक थियो । त्यति बेला नगदभन्दा पनि अन्न लिने ‘बालिघरे प्रथा’ अन्तर्गत काठका भाँडा बनाएबापत धान, गहुँ लगायत अन्न प्राप्त हुन्थ्यो । अहिले भने त्यो अवस्था नरहेको व्यावसायिको गुनासो छ । बालिघरे प्रथाको समयमा अत्याधिक प्रचलनमा रहेका काठमा भाँडा समेत अहिले ओझेलमा छन् । बजारमा आधुनिक प्रविधिबाट बनेका प्लाष्टिक, स्टिल लगायतका भाँडाका कारण काठबाट बन्ने भाँडाहरु लोप हुन थालेका हुन ।