खाेज्नुहाेस

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका – ३ भैसेबगडनजिक जिप दुर्घटना भएको छ । शनिबार राती जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्माको लटिनाथ बजारबाट भैसे बगडतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ड २६०४ नम्बरको जिप शनिबार राति ९ बजेतिर दुर्घटनामा परेको हो ।

attariya hospital

दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशव जोशीको मृत्यु भएको छ । मार्मा–६ को सेरी बस्ने चालक माधव महरा घाइते भएको प्रहरीले जनाएको छ । घाइते महराको लटिनाथ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोकुलेश्वरतर्फ लगिएको प्रहरीले जनाएको छ ।