खाेज्नुहाेस

एमाले अधिवेशनबाट लेखराज सहित २७ जना विजयी हुँदा, पुर्वमुख्यमन्त्री, मन्त्री पराजित

Image

अत्तरिया – एमाले अधिवेशनबाट लेखराज सहित २७ जना विजयी हुँदा पुर्वमुख्यमन्त्री मन्त्री पराजित भएका छन । कपा एमालेको ११ औँ महाधिवेशनमार्फत सुदूरपश्चिम प्रदेशबाट १ पदाधिकारीसहित २७ केन्द्रित सदस्य निर्वाचित भएका छन् । लेखराज भट्ट उपमहासचिवमा निर्वाचित हुँदा कर्ण थापा, गणेश सिंह ठगुन्नालगायत केन्द्रित सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै निरु देवी पाल, लीला भण्डारी, झपट बहादुर रावल, पठान सिंह बोहरा, लाल बहादुर थापा, कृपाराम राना, झपट ब बोहरा, लिलाधर भट्ट, गौरीशङ्कर चौधरी, सन्तोष शर्मा थापा, कमला ओली, अफिलाल ओखेडा, यज्ञ बोगटी, आशा बिक, कमला बोहरा, दामोदर भण्डारी, सहदेव बोगटी, ऐन बहादुर महर, चक्र मल्ल, नरेश रोकाया, भागरती सिंह, गोविन्द गिरी केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।

attariya hospital
navjiwan hospital

यस्तै ईश्वर प्रसाद खरेल लेखा आयोग सचिव र पवित्रा तिमिल्सेना अनुशासन आयोग सदस्यमा निर्वाचित भएका छन ।

पूर्वमुख्यमन्त्री, बहालवाला मन्त्री पराजित

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी केपी शर्मा ओलीको टिमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री वीरबहादुर थापा पनि पराजित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन् ।

यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन् । उनीहरू दुवै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए ।