खाेज्नुहाेस

कांग्रेस सुदूरपश्चिमले केन्द्रमा पठायो इच्छुक उम्मेदवारको सूची

Image

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिस गरेर पठाएको छ । प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश समितिले केन्द्रमा उम्मेदवार सिफारिस गरेको हो ।

navjiwan hospital

प्रदेश समितिका प्रवक्ता सुरत रावतका अनुसार नौवटै जिल्ला समितिबाट सिफारिस भएर आएपछि प्रदेशले केन्द्रमा उम्मेदवार सिफारिस गरेर पठाएको हो । ‘केन्द्रीय परिपत्रअनुसार एक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्नुपर्ने हो,’ प्रवक्ता रावतले भने, ‘तर, केन्द्रको परिपत्रको धेरै क्षेत्रमा पालना भएको छैन । एकै निर्वाचन क्षेत्रबाट दर्जन बढी उम्मेदवार सिफारिस भएर आएका छन् ।

attariya hospital

उम्मेदवारको नाम कटौती गर्ने अधिकार प्रदेशलाई नभएकाले हामीले जिल्लाबाट आएका नाम नै केन्द्रमा सिफारिस गरिदिएका छौँ, रावतले भने । प्रवक्ता रावतले प्रदेशमा रहेका १६ वटै निर्वाचन क्षेत्र र त्यहाँ उम्मेदवार बन्न इच्छुकका विषयमा राय भने थपेर पठाएको बताए । ‘कुनै जिल्लामा उम्मेदवार सिफारिसका विषयमा विवाद पनि भएको थियो,’ उनले भने, ‘ती विवादका लिखित पत्रहरू पनि हामीले सिफारिस भएका उम्मेदवारको सूचीसँगै पठाएका छौँ ।’