खाेज्नुहाेस

हिमाली गाउँपालिका ५ महिना देखि बिजुली विहीन

Image

बाजुरा – बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका ५ महिनादेखि बिजुली विहीन बनेको छ । २०७८ साल निर्माण गरिएको १ सय किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर बिच्छ्या खोलामा आएको बाढीले बगाएपछि अहिले हिमाली गाउँपालिका बिजुली बिहिन बनेको हो । 

उक्त लघु जलविद्युत आयोजनाको नहर साउन २८ गते आएको बाढीले बगाएको थियो । नहर भत्किएर विद्युत सेवा अवरुद्ध हुँदा हाल १ हजार १ सय घरधुरीमा अन्धकारमा बस्न बाध्य छन । 

attariya hospital
navjiwan hospital

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले रकम नभएका कारण मर्मतको आँट गर्न नसकेको बताए । पालिकाले प्रदेश र सङ्घीय सरकारसँग रकम मागे पनि कतैबाट प्राप्त नभएको उनले बताए ।

‘विद्युत् नहरमा ठूलो क्षति पुगेको छ । त्यसलाई मर्मत गर्दा निर्माणको भन्दा बढी रकम लाग्ने भएपछि समस्यामा परेका हौँ’, अध्यक्ष  मल्लले भने, ‘स्थानीयलाई प्रदान गनुपर्ने कतिपय सेवामा समेत असर पुगेको छ ।’