खाेज्नुहाेस

सुदूरपश्चिममा प्रगतिशील पार्टीको कार्यालय स्थापना

Image

धनगढी – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यालय स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहणीमा प्रदेश कार्यालय स्थापना गरिएको हो ।

navjiwan hospital

पार्टीका नेता दीपक साउँद (तरङ्ग) ले प्रदेशस्तरका पार्टी गतिविधि सञ्चालन तथा सङ्गठन परिचालनलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको बताएका छन् । प्रदेश कार्यालय स्थापनासँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्गठन विस्तार र पार्टी कार्यालय स्थापना गर्ने कार्यलाई तीव्र पारिने उनको भनाइ छ ।

attariya hospital

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि जनार्दन शर्मा ‘प्रभाकर’को संरक्षणमा प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको हो ।