खाेज्नुहाेस

चुनाव लड्न डडेल्धुराबाट देउवाको एकल नाम सिफारिस

Image

डडेल्धुरा – फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।

attariya hospital

देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए ।

यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको जिल्ला सचिव हेमराज चटौतले बताए ।